नेपालमा ७ जना कोरोना संक्रमित निको भए
बैशाख १०, बुधबार।
नेपालमा कोरोना भाइरसबाट निको हुनेको संख्या ७ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा विकास देबकोटाले थप २ जना कोरोना भाइरस संक्रमित निको भएका जानकारी दिएका हुन् ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० बर्षिय पुरुष १९ दिन पश्चात र टेकु अस्पतालमा उपचाररत ३२ बर्षीय पुरुष २९ दिन पश्चात निको भएका छन् । यो संगै नेपालमा कोरोना भाइरस लागेका विरामी मध्ये ७ जना विरामी निको भएका छन् । हाल सम्म ४५ जना कोरोना भाइरस संक्रमित रहेकोमा ७ जना निको भए पछि ३८ जना बिरामी उपचाररत रहेको समेत डा देवकोटाले बताए ।
यता पनि
नेपालमा थप तीन जनामा कोरोनाभाइरस पुष्टी, संक्रिमत ४५ पुग्याे
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस