• जीवनशैली | Jiwanshaili
  • फ्रान्समा बुधबार ५ सय ४४ जनाको मृत्यु


    बैशाख ११ गते । बिहिबार ।
    विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या बुधबार बढेको छ। मंगलबार ५ सय ३१ जनाको मृत्यु भएकोमा बुधबार थप ५ सय ४४ जनाको ज्यान गएको हो ।फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २१ हजार ३ सय ४० पुगेको छ ।

    विगत २४ घण्टामा फ्रान्समा थप २ हजार ४ सय १३ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ५५हजार ९सय ४४ जना संक्रमित भएका छन् ।

    विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २६ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने १ लाख ८४ हजारको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस