• जीवनशैली | Jiwanshaili
  • फेरि थपियो नेपालमा कोरोना , संक्रमितको संख्या ४८ पुग्यो


    बैशाख ११ गते, बिहिबार ।

    विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरस नेपालमा थप १ जनामा र एकै दिन तीन जनामा संक्रमण देखिएको छ। आज गरीएको परिक्षणमा २६ बर्षीय पुरुषमा पनि कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता, डा। समिर कुमार अधिकारीले बताए । यस अघि आजै भएको परिक्षणमा
    १४ वर्षीय बालक र ५५ वर्षीय महिलामा कोरोना पुष्टि भएको थियो।

    नेपालमा थप ३ जनामा कोरोनाभाइरस पुष्टी भए संगै नेपालमा संक्रिमतको संख्या ४८ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण २६लाख ६६ हजार मानीसमा भइसकेको छ भने १ लाख ८५ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस