कोरोना कहरः गएकाे २४ घण्टामा कहाँ के के भए? बैशाख १२ (तालिका सहित)

बैशाख १२ गते । शुक्रबार ।
विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २७ लाख १५ हजार पुगेको छ । शुक्रबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या २७लाख १५ हजार ७ सय १३ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या १ लाख ९० हजार ४ सय ६५ पुगेको छ । विश्वको २१० देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या बिहिबार पनि उच्च संख्या रहेको छ ।हिजो बिहिबार एकै दिन २ हजार २ सय ९२ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या ४९ हजार ८ सय १२ पुगेको हो ।एकै दिन अमेरिकामा ३० हजार ८ सय १२ जना यस भाइरसबाट संक्रमित भएका छन् । शुक्रबार बिहान सम्म ८ लाख ७९ हजार ५ सय २९ कुल सङ्क्रमित भएका छन्।
युकेमा
कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा बिहिबार थप ६ सय ३८ जनाको मृत्यु भएको छ । बिहिबार एकै दिन ४ हजार ५ सय ८३ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३८ हजार ७८ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या १८ हजार ७ सय ३८ पुगेको छ।
इटलीमा
इटलीमा बिहिबार थप ४ सय ६४ जनाको मृत्यु भए संगै ज्यान गुमाउनेको संख्या २५ हजार ५ सय ४९ पुगेको छ । यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ८९ हजार ९ सय ७३ कुल सङ्क्रमित भएका छन् बिहिबार एकै दिन २ हजार ६ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्पेनमा
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ । स्पेनमा बिहिबार थप ४ सय ४० जनाको मृत्यु भएको छ । यस्तै थप ४ हजार ६ सय ३५ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख १३ हजार २४ पुगेको छ । यो संगै बिहिबार सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २२ हजार १ सय ५७ पुगेको छ ।
फ्रान्समा
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या बिहिबार बढेको छ। बुधबार ५ सय ४४ जनाको मृत्यु भएकोमा बिहिबार थप ५ सय १६ख जनाको ज्यान गएको हो ।फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २१ हजार ८ सय ५६ पुगेको छ ।
विगत २४ घण्टामा फ्रान्समा थप २ हजार २ सय ३९ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ५८ हजार १ सय ८३ जना संक्रमित भएका छन् ।
बेल्जियममा
कोरोना भाइरसबाट बेल्जियममा बिहिबार एकै दिन थप २ सय २८ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ६ हजार ४ सय ९० पुगेको छ ।यस्तै संक्रमितको संख्या ४२ हजार नाघेको छ । बिहिबार ९ सय ८ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ४२ हजार ७ सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
भारतमा
गएको २४ घन्टायता भारतमा एक हजार ४०९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बिहीबार जनाइएको छ । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २१ हजार ३९३ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४१ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ६८१ पुगेको छ । भारतमा देखिएका यी संक्रमितहरूमध्ये ४ हजार २५७ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १६ हजार ४५४ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।
नेपालमा
विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरस नेपालमा थप १ जनामा र एकै दिन तीन जनामा संक्रमण देखिएको छ। आज गरीएको परिक्षणमा २६ बर्षीय पुरुषमा पनि कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता, डा। समिर कुमार अधिकारीले बताए । यस अघि आजै भएको परिक्षणमा १४ वर्षीय बालक र ५५ वर्षीय महिलामा कोरोना पुष्टि भएको थियो।नेपालमा थप ३ जनामा कोरोनाभाइरस पुष्टी भए संगै नेपालमा संक्रिमतको संख्या ४८ पुगेको छ ।
यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा २६० जनाको ज्यान गएको छ भने ब्राजिलमा ४०७ जना, क्यानडामा १७३ जना, स्विडेनमा ८४, नेदरल्याण्डमा १२३, मेक्सिकाेमा ११३ र टर्किमा ११५ जनाको ज्यान गएको छ ।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २७ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने १ लाख ९० हजारको मृत्यु भइसकेको छ ।




क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस