• जीवनशैली | Jiwanshaili
  • फ्रान्समा मृत्यु हुनेको संख्या शुक्रबार कमी


    बैशाख १३ गते । शनिबार ।

    विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या शुक्रबार घटेको छ। बिहिबार ५ सय १६ जनाको मृत्यु भएकोमा शुक्रबार थप ३ सय ८९ जनाको ज्यान गएको हो ।फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २२ हजार २ सय ४५ पुगेको छ ।

    विगत २४ घण्टामा फ्रान्समा थप १ हजार ६ सय ४५ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ५९ हजार ८ सय २८ जना संक्रमित भएका छन् ।

    विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २८ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने १ लाख ९६ हजारको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस