• जीवनशैली | Jiwanshaili
  • बेल्जियममा थप २ सय ३८ को मृत्यु


    बैशाख १३ गते, शनिबार।

    कोरोना भाइरसबाट बेल्जियममा शनिबार एकै दिन थप २ सय ३८ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ६ हजार ९ सय १७ पुगेको छ । यस्तै संक्रमितको संख्या ४५ हजार नाघेको छ । शुक्रबार १ हजार ३२ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ४५ हजार ३ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब २८ लाख मानीसमा भइसकेको छ भने १ लाख ९७ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस