• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः गएको २४ घण्टामा कहाँ के के भए? बैशाख १४ (तालिका सहित)


    बैशाख १४ गते । आइतबार ।
    विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २९ लाख १९ हजार पुगेको छ । आइतबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या २९ लाख १९ हजार ५ सय ५७ पुगेको हाे । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवाेमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या २ लाख ३ हजार १ सय ६६ पुगेको छ । विश्वको २१० देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।एकै दिन ९० हजार ७ सय ३१ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ६ हजार भन्दा बढीको मृत्यु भएको छ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या ५४ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ५४ हजार २ सय ४८ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संख्गा वल्डवोमिटर्सका अनुसार आइतबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो । आइतबार सम्म ९ लाख ६० हजार ५ सय २५ कुल सङ्क्रमित भएका छन्।

    युकेमा

    विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा शनिबार थप ८ सय १३ जनाको मृत्यु भएको छ । शनिबार एकै दिन ४ हजार ९ सय १३ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ४८ हजार ३ सय ७७ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या २० हजार ३ सय १९ पुगेको छ।

    फ्रान्समा

    विगत २४ घण्टामा फ्रान्समा थप १ हजार ६ सय ६० जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ६१ हजार ४ सय ८८ जना संक्रमित भएका छन् ।

    स्पेनमा


    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा शनिबार थप ३ सय ७८ जनाको मृत्यु भएको छ । यस्तै थप ३ हजार९ सय ९५ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख २३ हजार ७ सय ५९ पुगेको छ । यो संगै शनिबार सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २२ हजार ९सय २ पुगेको छ ।

    बेल्जियममा


    कोरोना भाइरसबाट बेल्जियममा शनिबार एकै दिन थप २ सय ३८ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ६ हजार ९ सय १७ पुगेको छ । यस्तै संक्रमितको संख्या ४५ हजार नाघेको छ । शुक्रबार १ हजार ३२ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ४५ हजार ३ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इरानमा

    कोरोना भाइरसबाट इरानमा शनिबार एकै दिन थप ७६ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ५ हजार ५ सय ५० पुगेको छ । यस्तै संक्रमितको संख्या ८८ हजार नाघेको छ । आज १ हजार १ सय ३४ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म ८९ हजार ३ सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    नेपालमा


    विश्व ब्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोनाभाइरस संक्रमण नेपालमा शनिबार थप नदेखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ। आज गरीएको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा। बिकाश देबकोटाले नयाँ संक्रमण नदेखिएको बताए।

    नेपालमा हाल सम्म कोरोना संक्रिमतको संख्या ४९ रहेको छ । जस मध्ये १२ जना कोरोना संक्रमित निको भइसकेको बताएका छन् ।

    यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा ११७ जनाको ज्यान गएको छ भने ब्राजिलमा ३ सय ७५ जना, क्यानडामा १सय ६२ जना, स्विडेनमा ४०, नेदरल्याण्डमा १ सय २०, मेक्सिकाेमा १ सय ५२ र टर्किमा १ सय ६ जनाको ज्यान गएको छ ।

    विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २९ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाखको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस