• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः गएको २४ घण्टामा कहाँ के के भए? बैशाख १५ (तालिका सहित)


    बैशाख १५ गते,सोमबार।

    विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २९ लाख ९३ हजार पुगेको छ । साेमबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या २९ लाख९३ हजार २ सय ६३ पुगेको हाे । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवाेमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या २ लाख ६ हजार ९ सय १५ पुगेको छ । विश्वको २१० देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।एकै दिन ७३ हजार ८ सय ५९ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ३ हजार ७ सय ५१ जनाको मृत्यु भएको छ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या ५५ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ५५ हजार ४ सय ११ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संख्गा वल्डवोमिटर्सका अनुसार आइतबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो । आइतबार सम्म ९ लाख ८७ हजार २९ कुल सङ्क्रमित भएका छन्। आइतबार थप १ हजार १ सय ५५ जनाको ज्यान गएको हो । अघिल्लो दिनको तुलनामा अमेरिकामा ज्यान गुमाउनेको सख्या आधिले घटेको हो ।

    युकेमा

    विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा आइतबार थप ४ सय १३ जनाको मृत्यु भएको छ । आइतबार एकै दिन ४ हजार ४ सय ६ ३ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ५२ हजार ८ सय ४० पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या २० हजार ७ सय ३२ पुगेको छ।

    फ्रान्समा
    विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या आइतबार घटेको छ। शनिबार ३ सय ६९ जनाको मृत्यु भएकोमा थप आइतबार २ सय ४२ जनाको ज्यान गएको हो ।फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २२ हजार ८ सय ५८ पुगेको छ ।

    विगत २४ घण्टामा फ्रान्समा थप ६ सय १२ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ६२ हजार १ सय जना संक्रमित भएका छन् ।

    स्पेनमा

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा आइतबार थप २ सय ८८ जनाको मृत्यु भएको छ । यस्तै थप २ हजार ८ सय ७० जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख २६ हजार ६ सय २९ पुगेको छ । यो संगै आइतबार सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २३ हजार १ सय ९० पुगेको छ ।

    बेल्जियममा

    कोरोना भाइरसबाट बेल्जियममा आईतबार एकै दिनमा थप १ सय ७७ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ७ हजार ९४ पुगेको छ । यस्तै संक्रमितको संख्या ४६ हजार नाघेको छ । आज ८ सय ९ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ४६ हजार १ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इरानमा

    कोरोना भाइरसबाट इरानमा आईतबार एकै दिनमा थप ६० जनाको ज्यान गएको छ यो संगै इरानमा मृत्यु हुनेको संख्या ५ हजार ७ सय १० पुगेको छ । यस्तै संक्रमितको संख्या ८८ हजार नाघेको छ । आज १ हजार १ सय ५३ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म ९० हजार ४ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    भारतमा

    छिमेकी राष्ट्र भारतमा २७ हजार ८ सय ९० जनामा कोरोनाको संक्रमण रहेको छ । यस भाइरसका कारण ८ सय ८२ जनाले ज्यान गुमाएका छन् । ६ हजार ५ सय २३ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । 

    नेपालमा

    नेपालमा पुनः अर्को एक जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित व्यक्ति पुरुष झापाका ५० बर्षीय रहेको पनि खुलाइएको छ ।योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । यसअघि आज मात्रै २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।

    यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा ९९ जनाको ज्यान गएको छ भने ब्राजिलमा २ सय २६ जना, क्यानडामा ९५ जना, नेदरल्याण्डमा ६६ , मेक्सिकाेमा ८४ र टर्किमा ९९ जनाको ज्यान गएको छ ।


    विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २९ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाखको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस