भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २६ हजार नाघ्यो

नयाँ दिल्ली, १५ वैशाख/भारतमा गएको २४ घन्टायता एक हजार ९७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २६ हजार ९१७ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा देखिएका संक्रमितहरूमध्ये ५ हजार ९१३ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २० हजार १७७ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् । कोरोना भाइरसको अत्यधिक संक्रमणको कारण सार्वजनिक यातायात, विद्यालय, कलेज र शपिंग मललगायत सबै सेवाहरू बन्द गरिएको छ । पछिल्ला केही दिनहरुमा केन्द्रीय सरकारले बिस्तारै बन्देजहरु सहज गरिरहेको छ ।
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गर्नु भएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस