स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः नयाँ संक्रमित छैन्, १६ जना डिस्चार्ज, ५२ संक्रमित
बैशाख १५,साेमबार ।
नेपालमा सोमबार थप संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयले गर्ने नियमति प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ५२ मात्रै रहेको बताएका हुन् ।
हाल सम्म १६ जना विरामी निको भएको बताए । यो संगै ३६ जना विरामी उपचाररत रहेको बताए । विराटनगरमा ३१ जना, विरगंजमा ३ जना, भरतपुरमा १ जना र धनगडीमा १ जना उपचाररत रहेको छन् । हाल सम्म ५३ हजार ५ सय ३४ जनामा काेराेना भाइरसकाे परिक्षण गरिएकाे छ । जस मध्ये पिसिआर प्रविधी बाट १० हजार ४ सय ७१ परिक्षण गरिएकाे बताए । यस्तै आरडीटी परिक्षण ४३ हजार ६३ जनाकाे परिक्षण गरिएकाे छ । विगत २४ घण्टामा २ हजार १ सय ८४ परिक्षण गरिएकाे छ ।
सोमबार २० हजार १ सय ९५ जना क्वारेन्टीनमा रहेको बताएका छन् । प्रदेश १ मा १ हजार ९ सय ५६ जना, प्रदेश नं २ मा १ हजार ४ सय ७९ जना, बागमती प्रदेशमा २ सय ३० जना, गण्डकी प्रदेशमा ५ सय ५४ जना,प्रदेशमा ५ मा ११ हजा २ सय २ जना, कर्णाली प्रदेश३ हजार १ सय २५ जना र सुदरपश्चिम प्रदेशमा १ हजार ६ सय ३९ जना क्वारेन्टीनमा रहेका छन् ।
यसैगरी अहिले आइसोलेसनमा १ सय ६ जना रहेको छ । उपत्यका भित्र ८ जना बाहिर ९८ जना आइसोलेसनमा रहेको छन् ।
क्याटेगोरी : कोरोना अपडेट
प्रतिक्रिया दिनुहोस