अमेरिकामा कोरोना सङ्क्रमितको संख्या १० लाख, साेमबार १२ सयकाे मृत्यु

बैशाख १६ गते मंगलबार
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा सङ्क्रमितको संख्या १०लाख नाघेको छ । मंगलबार विहान सम्म १० लाख ८ हजार ४३ कुल सङ्क्रमित भएका छन्।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ५६ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ५६ हजार ४ सय ११ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार साेमबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
साेमबार थप १ हजार २ सय ३६ जनाको ज्यान गएको हो । पछिल्लो २ दिनमा अमेरिकामा ज्यान गुमाउनेको संख्या घटेको छ । अघिल्लो दिन १ हजार १ सय ५७ जनाको मृत्यु भएको थियो ।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३० लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख ११ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस