स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः थप २ जना संक्रमित, १६ जना डिस्चार्ज, ५४ संक्रमित

बैशाख १६,मंगलबार ।
नेपालमा सोमबार थप २ जना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयले गर्ने नियमति प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ५४ पुगेको बताएका हुन् । संक्रमितहरूमा राैतहटका २४ र ३५ वर्षीय पुरूष रहेकाे बताए । उनीहरू भारतबाट आएर क्वारेन्टिनमा रहेका थिए ।
हाल सम्म १६ जना विरामी निको भएको बताए । यो संगै ३८ जना विरामी उपचाररत रहेको बताए । विराटनगरमा ३१ जना, विरगंजमा ३ जना, भरतपुरमा १ जना र धनगडीमा १ जना उपचाररत र २ जना लाइ अस्पताल लाने तयारी रहेको छ ।
हाल सम्म ५४ हजार ८ सय २६ जनामा कोरोना भाइरसको परिक्षण गरिएको छ । जस मध्ये पिसिआर प्रविधी बाट १० हजार ८ सय ७ परिक्षण गरिएको बताए । यस्तै आरडीटी परिक्षण ४४ हजार १९ जनाको परिक्षण गरिएको छ । विगत २४ घण्टामा १ हजार १ सय ९३ परिक्षण गरिएको छ ।
मंगलबार २२ हजार ९९ जना क्वारेन्टीनमा रहेको बताएका छन् । प्रदेश १ मा २ हजार २ सय ८८ जना, प्रदेश नं २ मा १ हजार ५ सय १२ जना, बागमती प्रदेशमा ३ सय ६१ जना, गण्डकी प्रदेशमा ६ सय ७६ जना,प्रदेशमा ५ मा १२ हजा १ सय ६४ जना, कर्णाली प्रदेश ३ हजार ७ सय ८९ जना र सुदरपश्चिम प्रदेशमा १ हजार ३ सय ९ जना क्वारेन्टीनमा रहेका छन् ।
यसैगरी अहिले आइसोलेसनमा १ सय ७ जना रहेको छ । उपत्यका भित्र ४ जना बाहिर १०३ जना आइसोलेसनमा रहेको छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस