स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः थप २ जना संक्रमित, १६ जना डिस्चार्ज, ५४ संक्रमित
बैशाख १६,मंगलबार ।
नेपालमा सोमबार थप २ जना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयले गर्ने नियमति प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ५४ पुगेको बताएका हुन् । संक्रमितहरूमा राैतहटका २४ र ३५ वर्षीय पुरूष रहेकाे बताए । उनीहरू भारतबाट आएर क्वारेन्टिनमा रहेका थिए ।
हाल सम्म १६ जना विरामी निको भएको बताए । यो संगै ३८ जना विरामी उपचाररत रहेको बताए । विराटनगरमा ३१ जना, विरगंजमा ३ जना, भरतपुरमा १ जना र धनगडीमा १ जना उपचाररत र २ जना लाइ अस्पताल लाने तयारी रहेको छ ।
हाल सम्म ५४ हजार ८ सय २६ जनामा कोरोना भाइरसको परिक्षण गरिएको छ । जस मध्ये पिसिआर प्रविधी बाट १० हजार ८ सय ७ परिक्षण गरिएको बताए । यस्तै आरडीटी परिक्षण ४४ हजार १९ जनाको परिक्षण गरिएको छ । विगत २४ घण्टामा १ हजार १ सय ९३ परिक्षण गरिएको छ ।
मंगलबार २२ हजार ९९ जना क्वारेन्टीनमा रहेको बताएका छन् । प्रदेश १ मा २ हजार २ सय ८८ जना, प्रदेश नं २ मा १ हजार ५ सय १२ जना, बागमती प्रदेशमा ३ सय ६१ जना, गण्डकी प्रदेशमा ६ सय ७६ जना,प्रदेशमा ५ मा १२ हजा १ सय ६४ जना, कर्णाली प्रदेश ३ हजार ७ सय ८९ जना र सुदरपश्चिम प्रदेशमा १ हजार ३ सय ९ जना क्वारेन्टीनमा रहेका छन् ।
यसैगरी अहिले आइसोलेसनमा १ सय ७ जना रहेको छ । उपत्यका भित्र ४ जना बाहिर १०३ जना आइसोलेसनमा रहेको छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस