• जीवनशैली | Jiwanshaili
  • अमेरिकामा मृत्यु हुनेकाे संख्या दाेब्बरले बढ्याे, एकै दिन २ हजार ४ सयकाे ज्यान गयाे


    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा ज्यान गुमाउनेको संख्या हिजोको तुलनामा २ गुनाले बढेको छ ।सोमबार १ हजार २ सय ३६ जनाको ज्यान गएकोमा मंगलबार यो संख्या बढेर २ हजार ४ सय ५० पुगेको हो । बुधबार विहान सम्म १० लाख ३५ हजार ३ सय ९६कुल सङ्क्रमित भएका छन्।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ५९ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ५९ हजार २ सय ४६ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार सोमबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।

    पछिल्लो २ दिनमा अमेरिकामा ज्यान गुमाउनेको संख्या घटेको थियो । आइतबार १ हजार १ सय ५७ जनाकोमात्र मृत्यु भएको थियो ।

    विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३१ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख १७ हजारको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस