कोरोना कहरः विगत २४ घण्टा भित्र कहाँ के के भए? बैशाख १७ (तालिका सहित)

विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या ३१ लाख नाघेको छ । मंगलबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ३१ लाख ३६ हजार २ सय ३२ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या २ लाख १७ हजार ७ सय ९९ पुगेको छ । विश्वको २१० देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।एकै दिन ७६ हजार २ सय ८६ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ६ हजार ३ सय ५१ जनाको मृत्यु भएको छ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा ज्यान गुमाउनेको संख्या हिजोको तुलनामा २ गुनाले बढेको छ ।सोमबार १ हजार २ सय ३६ जनाको ज्यान गएकोमा मंगलबार यो संख्या बढेर २ हजार ४ सय ५० पुगेको हो । बुधबार विहान सम्म १० लाख ३५ हजार ३ सय ९६ कुल सङ्क्रमित भएका छन्।यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ५९ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ५९ हजार २ सय ४६ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार मंगलबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।पछिल्लो २ दिनमा अमेरिकामा ज्यान गुमाउनेको संख्या घटेको थियो । आइतबार १ हजार १ सय ५७ जनाकोमात्र मृत्यु भएको थियो ।
युकेमा
विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा मंगलबार थप ५ सय ८६ जनाको मृत्यु भएको छ । सोमबार एकै दिन ३ हजार ९ सय ९६ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ६१ हजार १४५ सय पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या २१ हजार ६ सय ७८ पुगेको छ।
फ्रान्समा
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या मंगलबार घटेको छ। सोमबार ४ सय ३७ जनाको ज्यान गएकोमा मंगलबार ३ सय ६७ जनाको मृत्यु भएको हो ।फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २३ हजार ६ सय ६० पुगेको छ । मंगलबार विहान सम्म १ लाख ६५ हजार ९ सय ११ कुल सङ्क्रमित भएका छन्।
इटलीमा
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट इटलीमा थप ३ सय ८२ जनाको मृत्यु छ।इटलीमा सोमबार सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २७ हजार ३ सय ५९ पुगेको छ ।विगत २४ घण्टामा इटलीमा थप २ हजार ९१ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट इटलीमा २ लाख १ हजार ५ सय ५ जना संक्रमित भएका छन् ।्र
स्पेनमा
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा मंगलबार थप ३ सय १ जनाको मृत्यु भएको छ । यस्तै थप २ हजार ७ सय ६ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ३२ हजार १ सय २८ पुगेको छ । यो संगै आइतबार सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २३ हजार ८ सय २२ पुगेको छ ।
इरानमा
कोरोना भाइरसबाट इरानमा मंगलबार एकै दिनमा थप ७१ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय ७७ पुगेको छ । यस्तै संक्रमितको संख्या ९१ हजार नाघेको छ । आज १ हजार १ सय १२ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म ९२ हजार ५ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
बेल्जियममा
कोरोना भाइरसबाट बेल्जियममा मंगलबार एकै दिनमा थप १ सय २४ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ७ हजार ३ सय ३१ पुगेको छ । यस्तै संक्रमितको संख्या ४७ हजार नाघेको छ । आज ६ सय ४७ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ४७ हजार ३ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेपालमा
भारतबाट आएका रौतहटका दुई युवकमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।संक्रमित एकजना बृन्दावन नगरपालिकाका २४ वर्षीय युवक छन्। उनी गत चैत २२ गते कलकत्ताबाट आएका थिए। नगरपालिकाका मेयर रामस्नेही राय यादवका अनुसार युवकको जनकपुरमा रहेको पिसिआर मेसिनमा नेगेटिभ आएको र काठमाडौंमा आएको नतिजामा पोजेटिभ देखिएको हो।अर्का संक्रमित देवाही गोनाही नगरपालिका-१ निवासी ३५ वर्षीय पुरुष हुन्। उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए।
यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा १ सय ८८ जनाको ज्यान गएको छ भने ब्राजिलमा ५ सय २० जना, क्यानडामा १ सय ५२ जना, इक्वेडरमा २ सय ८ जना, नेदरल्याण्डमा ४८ , मेक्सिकाेमा ८३ र भारतमा ६९ जनाको ज्यान गएको छ ।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३१ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख १७ हजारको मृत्यु भइसकेको छ ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस