स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः नयाँ संक्रमित ३ जना, १६ जना डिस्चार्ज, ५७ संक्रमित

बैशाख १७,बुधबार ।
नेपालमा बुधबार थप ३ जना काेराेना भाइरसकाे संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयले गर्ने नियमति प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ५७ पुगेको बताएका हुन् । सङ्क्रमित पुरुष ३१, ४३ र ४६ वर्षका रहेका छन् । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक पुरुषमा सङ्क्रमण देखिएको हाे ।
तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।
हाल सम्म १६ जना विरामी निको भएको बताए । यो संगै ४१ जना विरामी उपचाररत रहेको बताए । जस मध्ये विराटनगरमा ३१ जना, विरगंजमा ८ जना, भरतपुरमा १ जना र धनगडीमा १ जना उपचाररत रहेको छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।
हाल सम्म ५७ हजार १ सय ८९ जनामा कोरोना भाइरसको परिक्षण गरिएको छ । जस मध्ये पिसिआर प्रविधी बाट ११ हजार ५ सय २४ परिक्षण गरिएको बताए । यस्तै आरडीटी परिक्षण ४५ हजार ६ सय ६५ जनाको परिक्षण गरिएको छ । विगत २४ घण्टामा २ हजार ३ सय ६७ परिक्षण गरिएको छ ।
प्रदेश १ मा ४ हजार ८ सय ८१, प्रदेश नं २ मा ५ हजार २ सय ९८, बागमती प्रदेशमा ८ हजार २ सय १७, गण्डकी प्रदेश ५ हजार ३ सय ४३, प्रदेश नं ५मा ३ हजार ६ सय ७१, कर्णाली प्रदेशमा ५हजार २ सय ६९ र सुदुर पश्चिम प्रदेशमा १२हजार ९ सय ८६ जनाको आरडीट परिक्षण आरडीटी भएको छ ।
बुधबार २२ हजार ९ सय १ जना क्वारेन्टीनमा रहेको बताएका छन् । प्रदेश १ मा २ हजार ४ सय ७८ जना, प्रदेश नं २ मा १ हजार ४ सय ४ जना, बागमती प्रदेशमा ६ सय ११ जना, गण्डकी प्रदेशमा ५६ सय ९४ जना,प्रदेशमा ५ मा १२ हजा ५ सय १५ जना, कर्णाली प्रदेशमा ३ हजार ९ सय ६३ जना र सुदरपश्चिम प्रदेशमा १ हजार २ सय ३६ जना क्वारेन्टीनमा रहेका छन् ।
यसैगरी अहिले आइसोलेसनमा ८७ जना रहेको छ । उपत्यका भित्र ४ जना बाहिर ८३ जना आइसोलेसनमा रहेको छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस