अमेरिकामा एकै दिन २ हजार ३ सयको ज्यान गयो,मृत्यु हुनेको संख्या ६१ हजार नाघ्यो
वैशाख १८,गते। विहिबार।
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा ज्यान गुमाउनेको संख्या पछिल्लो दुई दिनमा ह्वात्तै बढेको छ ।सोमबार १ हजार २ सय ३६ जनाको ज्यान गएकोमा मंगलबार यो संख्या बढेर २ हजार ४ सय ५० पुगेको हो । भने बुधबार २ हजार ३ सय ५२ जनाको मृत्यु भएको हो । विहिबार विहान सम्म अमेरिकामा १० लाख ६३ हजार ३ सय ५१ कुल सङ्क्रमित भएका छन्।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ५६ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ६१ हजार ६ सय १८ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार बुधबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
पछिल्लो २ दिनमा अमेरिकामा ज्यान गुमाउनेको संख्या घटेको थियो । आइतबार १ हजार १ सय ५७ जनाकोमात्र मृत्यु भएको थियो ।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३२ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख २७ हजारको मृत्यु भइसकेको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस