• जीवनशैली | Jiwanshaili
  • विगत २४ घण्टाको कोरोना अपडेटः कहाँ के के भए? वैशाख १८ (तालिका सहित)


    वैशाख १८, गते, बिहिबार।

    विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या ३२ लाख नाघेको छ । बिहिबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ३२ लाख १८ हजार १ सय ८४ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या २ लाख २८ हजार २६ पुगेको छ । विश्वको २१० देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।एकै दिन ८१ हजार ६ सय ७८ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ६ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा ज्यान गुमाउनेको संख्या पछिल्लो दुई दिनमा ह्वात्तै बढेको छ ।सोमबार १ हजार २ सय ३६ जनाको ज्यान गएकोमा मंगलबार यो संख्या बढेर २ हजार ४ सय ५० पुगेको हो । भने बुधबार २ हजार ३ सय ९० जनाको मृत्यु भएको हो । विहिबार विहान सम्म अमेरिकामा १० लाख ६४ हजार १ सय ९४ कुल सङ्क्रमित भएका छन्।


    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ६१ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ६१ हजार ६ सय ५६ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार बुधबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।

    पछिल्लो २ दिनमा अमेरिकामा ज्यान गुमाउनेको संख्या घटेको थियो । आइतबार १ हजार १ सय ५७ जनाकोमात्र मृत्यु भएको थियो ।

    युकेमा

    विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा बुधबार युकेले संसोधित डाटा सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरेको डाटामा यो दिन सहित ७सय ६५ जनाको मृत्यु भएको बताएको छ । मंगलबार एकै दिन ४ हजार ७६ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ६५ हजार २२१ सय पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या २६ हजार ९७ पुगेको छ।

    फ्रान्समा

    विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या बुध बढेको छ। बुधबार ४ सय २७ जनाको मृत्यु भएको छ । मंगलबार ३ सय ६७ जनाको मृत्यु भएको थियो ।फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २४ हजार ८७ पुगेको छ । मंगलबार विहान सम्म १ लाख ६६ हजार ४ सय २० कुल सङ्क्रमित भएका छन्।बुधबार थप ५०९ जनामा यस भाइरसको संक्रमण देखिएको छ ।

    इटलीमा

    विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट इटलीमा बुधबार थप ३ सय २३ जनाको मृत्यु छ।इटलीमा बुधबार सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २७ हजार ६ सय ८२ पुगेको छ । २ लाख ३ हजार ५ सय ९१ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप २ हजार ८६ जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    स्पेनमा

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा बुधबार थप ४ सय ५३ जनाको मृत्यु भएको छ । यस्तै थप ४ हजार ७ सय ७१ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ३६ हजार ८ सय ९९ पुगेको छ । यो संगै आइतबार सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ हजार २ सय ७५ पुगेको छ ।

    बेल्जियममा

    कोरोना भाइरसबाट बेल्जियममा बुधबार एकै दिनमा थप १ सय ७० जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ७ हजार ५ सय १ पुगेको छ । यस्तै संक्रमितको संख्या ४७ हजार नाघेको छ । आज ५ सय २५ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ४७ हजार ५सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इरानमा

    कोरोना भाइरसबाट इरानमा बुधबार एकै दिनमा थप ८० जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ५ हजार ९ सय ५९ पुगेको छ । यस्तै संक्रमितको संख्या ९३ हजार नाघेको छ । आज १ हजार ७३ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म ९३ हजार ६ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    नेपालमा

    नेपालमा बुधबार थप ३ जना काेराेना भाइरसकाे संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयले गर्ने नियमति प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ५७ पुगेको बताएका हुन् । सङ्क्रमित पुरुष ३१, ४३ र ४६ वर्षका रहेका छन् ।  टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक पुरुषमा सङ्क्रमण देखिएको हाे ।

    तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।

    हाल सम्म १६ जना विरामी निको भएको बताए । यो संगै ४१ जना विरामी उपचाररत रहेको बताए । जस मध्ये विराटनगरमा ३१ जना, विरगंजमा ८ जना, भरतपुरमा १ जना र धनगडीमा १ जना उपचाररत रहेको छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।


    यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा ९१ जनाको ज्यान गएको छ भने ब्राजिलमा ४ सय ४८ जना, क्यानडामा १ सय ३७ जना, नेदरल्याण्डमा १ सय ४५ , मेक्सिकाेमा १ सय ३५ र भारतमा ७१ जना र स्विडेनमा १ सय ७ जना रसियामा १ सय ५ जनाको ज्यान गएको छ ।

    विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३२ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख २७ हजारको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस