• जीवनशैली | Jiwanshaili
  • इरानमा बिहीबार थप ७१ को मृत्यु


    बैशाख १८ गते, बिहीबार

    कोरोना भाइरसबाट इरानमा बिहीबार एकै दिनमा थप ७१ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार २८ पुगेको छ । यस्तै संक्रमितको संख्या ९४ हजार नाघेको छ । आज ९ हजार ८३ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म ९४ हजार ६ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ३२ लाख मानीसमा भइसकेको छ भने २ लाख २८ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस