अमेरिकामा कोरोना कहरः एकै दिन २ हजार १ सयको ज्यान गयो,मृत्यु हुनेको संख्या ६३ हजार नाघ्यो
वैशाख १९ गते ,शुक्रबार।
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा विहिबार २ हजार १ सय ८६ जनाको ज्यान गएको छ । शुक्रबार विहान सम्म अमेरिकामा १० लाख ९४ हजार ७ सय ३० कुल सङ्क्रमित भएका छन्। अमेरिकामा एकै दिन थप ३० हजार ५ सय ३६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ६३ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ६३ हजार ८ सय ४१ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार बुधबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
पछिल्लो ३ दिनमा अमेरिकामा ज्यान गुमाउनेको संख्या बढेको हो ।
विश्वको २१२ देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३३ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख ३३ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस