• जीवनशैली | Jiwanshaili
  • इटलीमा विहिबार थप २ सय ८५ जनाको मृत्यु


    वैशाख १९ गते ,शुक्रबार।

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा बिहिबार थप २ सय ८५ जनाको मृत्यु छ।इटलीमा बिहिबार सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २७ हजार ९ सय ६७ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ५ हजार ४ सय ६३ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप १ हजार ८ सय ७२ जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    विश्वको २१२ देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३३ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख ३३ हजारको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस