स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः शुक्रबार थप भेटियो कोरोना, अपडेट यस्तो छ
वैशाख १९ ,शुक्रबार ।
शुक्रबार नेपालमा थप कोरोना भाइरसको विरामी फेला परेका छन् । आज २ जना नयाँ कोरोनाभाइरसका संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा रूपन्देहीका २५ बर्षीय पुरूष र नेपालगन्जका ६० बर्षीय पुरूष रहकाे बताइएकाे छ । हालसम्म नेपालमा ५९ जना संक्रमित फेला परेका छन् । जसमा ४९ जना पुरुष र १० जना महिला रहेका छन् । जस मध्ये १६ जना स्वस्थ बनेर घर फर्किसकेका छन् । ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
डा। देवकोटाका अनुसार हालसम्म १२ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण र ४७ हजार ७९७ जनाको आरडीटी परीक्षण गरिसकिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६१ जनाको परीक्षण भएको छ ।
प्रदेश १ मा ५ हजार ८९, प्रदेश २ मा ५हजार ६ सय १७, बागमती प्रदेशमा ८हजार ४ सय ९४, गण्डकी प्रदेशमा ५हजार ४ सय ११, प्रदेश ५ मा ४ हजार ३५, कर्णाली प्रदेशमा ५हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १३हजार ५ सय ८४ जनाको आरडीटी परीक्षण गरिएको छ । कुल ४७ हजार ७ सय ९७ जनाको आरडिटी परिक्षण गरिएको बताइएको छ ।
हाल क्वारेन्टाइनमा २४ हजार ९०७ रहेका छन् भने ९४ जना आइसोलेसनमा रहेका छन् ।काठमाण्डौमा ५ जना र बाहिर ८९ जना आइसोलेसनमा रहेका छन्।
क्याटेगोरी : कोरोना अपडेट
प्रतिक्रिया दिनुहोस