• जीवनशैली | Jiwanshaili
  • कोरोना महामारीः गएकाे २४ घण्टामा कहाँ के के भए?हेर्नुहाेस् वैशाख २० (तालिका सहित)


    वैशाख २० गते, शनिबार।
    विश्वभर कोरोना भाइरसकाे महामारीबाट संक्रमित हुनेहरुको संख्या करिब ३४ लाख पुगेको छ । शनिबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ३३ लाख ९८ हजार ४ सय ५८ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या २ लाख ३९ हजार ४४३ पुगेको छ । विश्वको २१२ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।एकै दिन ९४ हजार ५ सय ३७ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ५ हजार ६ सय जनाको मृत्यु भएको छ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा शुक्रबार १ हजार ८ सय ९२ जनाको ज्यान गएको छ । शनिबार विहान सम्म अमेरिकामा ११ लाख ३१ हजार १५ कुल सङ्क्रमित भएका छन्। अमेरिकामा एकै दिन थप ३५ हजार ९ सय ९२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ६५ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ६५ हजार ७ सय ४८ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार बुधबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।पछिल्लो ३ दिनमा अमेरिकामा ज्यान गुमाउनेको संख्या बढेको हो ।

    युकेमा

    कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा शुक्रबार ७ सय ३९ जनाको मृत्यु भएको बताएको छ । शुक्रबार एकै दिन ६ हजार २ सय १ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ७७ हजार ४५४ सय पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या २७ हजार ५ सय १० पुगेको छ।

    ब्राजिलमा

    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा शुक्रबार ५ सय ९ जनाको ज्यान गएको छ । शनिबार विहान सम्म ब्राजिलमा ९२ हजार १ सय ९ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप ६ हजार ७ सय २९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ६३ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ६ हजार ४ सय १० पुगेको छ ।

    फ्रान्समा
    कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या शुक्रबार घटेको छ। फ्रान्समा शुक्रबार थप २ सय १८ जनाको मृत्यु भएको छ । बिहिबार २ सय ८९ जनाको मृत्यु भएको थियो ।फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २४ हजार ५ सय ९४ पुगेको छ । शुक्रबार सम्म १ लाख ६७ हजार ३ सय ४६ कुल सङ्क्रमित भएका छन्।शुक्रबार थप १६८ जनामा यस भाइरसको संक्रमण देखिएको छ ।

    स्पेनमा

    कोभिड १९ बाट स्पेनमा शुक्रबार थप २ सय ८१ जनाको मृत्यु भएको छ । यस्तै थप ३ हजार ६ सय ४८ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ४२ हजार ९ सय ८८ पुगेको छ । यो संगै आइतबार सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ हजार ८ सय २४ पुगेको छ ।

    इटलीमा
    कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा शुक्रबार थप २ सय ६९ जनाको मृत्यु छ।इटलीमा शुक्रबार सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २८ हजार २ सय ३६ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ७ हजार ४ सय २८ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप १ हजार ९ सय ६५ जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    इरानमा

    कोरोना भाइरसबाट इरानमा शुक्रबार एकै दिनमा थप ६३ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार ९१ पुगेको छ । यस्तै संक्रमितको संख्या ९५ हजार नाघेको छ । आज १ हजार ६ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म ९५ हजार ६ सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    भारतमा

    भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ।यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएकाे छ। भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो। लकडाउनका बाबजुद् भारतमा कोरोनाभाइरस संक्रमितको संख्या भने दिनदिनै बढिरहेको छ।शुक्रबारसम्म त्यहाँ ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको ज्यान गएको छ।

    नेपालमा

    शुक्रबार नेपालमा थप कोरोना भाइरसको विरामी फेला परेका छन् । आज २ जना नयाँ कोरोनाभाइरसका संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  संक्रमित हुनेमा रूपन्देहीका २५ बर्षीय पुरूष र नेपालगन्जका ६० बर्षीय पुरूष रहकाे बताइएकाे छ ।  हालसम्म नेपालमा ५९ जना संक्रमित फेला परेका छन् । जसमा ४९ जना पुरुष र १० जना महिला रहेका छन् । जस मध्ये १६ जना स्वस्थ बनेर घर फर्किसकेका छन् । ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

    यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा १ सय १३ जनाको ज्यान गएको छ भने बेल्जियममा १सय ९ जना, क्यानडामा २ सय ७ जना, नेदरल्याण्डमा ९८ , मेक्सिकोमा १ सय २७ र भारतमा ६९ जना र स्विडेनमा ६७ जना, पेरुमा ७३ जना, रसियामा ९६ जनाको ज्यान गएको छ ।

    विश्वको २१२ देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३३ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख ३९ हजारको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस