चीनमा चमत्कार, शनिबार १ जनामात्रै संक्रमित, शुन्य मृत्यु
वैशाख २० गते, शनिबार।
विश्व ब्यापी महामारीको उद्गम स्थलको रुप मानिएको चीनमा कोभिड १९ बाट शनिबार थप १ जनामात्र संक्रमित भएको छन् । चीनले शनिबार दिएको जानकारी अनुशार यो भाइरस सुरूवात भए यताकै सबै भन्दा न्युन हो । भने यस दिन मृत्यु हुनेको संख्या शुन्य रहेको छ । हाल सम्म चीनमा यस भाइरसबाट संक्रमितको संख्या ८२ हजार ८ सय ७५ पुगेको छ । यो संगै शनिबार सम्म चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ३३ रहेको चीनले बताएको छ ।
विश्वको २१२ देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३३ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख ३९ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस