• जीवनशैली | Jiwanshaili
  • स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः अपडेट यस्तो छ


    बैशाख २०,शनिबार

    शनिबार नेपालमा थप कोरोना भाइरसको विरामी फेला नपरेका स्वास्थ्य मन्त्रालयले बताएकाे छ । हालसम्म नेपालमा ५९ जना संक्रमित रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। जसमा ४९ जना पुरुष र १० जना महिला रहेका छन् । जस मध्ये १६ जना स्वस्थ बनेर घर फर्किसकेका छन् । ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।

    यस्तै शनिबार सम्म डा. देवकोटाका अनुसार हालसम्म १३ हजार ९८ जनाको पीसीआर परीक्षण र ४८ हजार ५ सय २९ जनाको आरडीटी परीक्षण गरिसकिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ५२ जनाको परीक्षण भएको छ ।

    प्रदेश १ मा ५ हजार २ सय ८२ , प्रदेश २ मा ५ हजार ६ सय ८७, बागमती प्रदेशमा ५ हजार ५ सय १५, गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ४ हजार २ सय ४० , कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ८ सय २३ जनाको आरडीटी परीक्षण गरिएको छ । कुल ४८ हजार ५ सय २९ जनाको आरडिटी परिक्षण गरिएको बताइएको छ ।

    हाल क्वारेन्टाइनमा २२ हजार ९ सय ७८ रहेका छन् भने ८९ जना आइसोलेसनमा रहेका छन् ।काठमाण्डौमा ४ जना र बाहिर ८५ जना आइसोलेसनमा रहेका छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस