अमेरिकामा कोरोना कहरः ज्यान गुमाउनेको संख्या ६७ हजार पुग्यो, थप १६ सयको मृत्यु

वैशाख २१ गते, आईतबार।
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा शनिबार १ हजार ६ सय ४३ जनाको ज्यान गएको छ । आइतबार विहान सम्म अमेरिकामा ११ लाख ५९ हजार ५६४ कुल सङ्क्रमित भएका छन्। अमेरिकामा एकै दिन थप २८ हजार५ सय ३४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ६७ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ६७ हजार ३ सय ९१ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार बुधबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
विश्वको २१२ देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३४ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख ४४ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस