बेलायती प्रधानमन्त्रीले आफ्नाे नवजात शिशुलाई दिए कोरोनाबाट बचाउने डक्टरको नाम

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनकी फियान्सी क्यारी सिमोन्डस्लाई पुत्रलाभ भएको छ । ज्यानघातक कोरोना संक्रमणबाट भर्खरै निको भएका जोन्सनले उनको नवजात छोराको नाम आफुलाई कोरोनाबाट बचाउने डक्टरको नाममा राखेका छन् ।
बोरिस र क्यारीको नवजात छोरोको नाम विल्फ्रेड लरी निकोलस राखिएको क्यारीले आप्mनो इन्स्टाग्राम पोष्ट मार्फत जनाएकी छिन् । क्यारीले इन्स्टाग्राममा नवजात शिशुसँग आप्mनो फोटो पोष्ट गर्दै शिशुको नाम घोषणा गरेकी हुन् ।
जोन्सनलाई कोरोनाको घातक संक्रमणबाट बचाउन आइसीयुमा महत्वपूर्ण भूमिका खेल्ने डक्टरको नाम निकोलस भएको जनाइएको छ । उनीहरुको शिशुलाई दिइएको निकोलस नाम तिनै डक्टरको सम्मानमा दिइएको हो भने लरी जोन्सनका हजुरबुवाको नाम हो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस