बेलायती प्रधानमन्त्रीले आफ्नाे नवजात शिशुलाई दिए कोरोनाबाट बचाउने डक्टरको नाम
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनकी फियान्सी क्यारी सिमोन्डस्लाई पुत्रलाभ भएको छ । ज्यानघातक कोरोना संक्रमणबाट भर्खरै निको भएका जोन्सनले उनको नवजात छोराको नाम आफुलाई कोरोनाबाट बचाउने डक्टरको नाममा राखेका छन् ।
बोरिस र क्यारीको नवजात छोरोको नाम विल्फ्रेड लरी निकोलस राखिएको क्यारीले आप्mनो इन्स्टाग्राम पोष्ट मार्फत जनाएकी छिन् । क्यारीले इन्स्टाग्राममा नवजात शिशुसँग आप्mनो फोटो पोष्ट गर्दै शिशुको नाम घोषणा गरेकी हुन् ।
जोन्सनलाई कोरोनाको घातक संक्रमणबाट बचाउन आइसीयुमा महत्वपूर्ण भूमिका खेल्ने डक्टरको नाम निकोलस भएको जनाइएको छ । उनीहरुको शिशुलाई दिइएको निकोलस नाम तिनै डक्टरको सम्मानमा दिइएको हो भने लरी जोन्सनका हजुरबुवाको नाम हो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस