• जीवनशैली | Jiwanshaili
  • कोराेना विरुद्ध काम गर्ने विश्वका उत्कृष्ठ महिलाको सूचीमा नेपालीकी रूना झा


    कोभिड १९ विरुद्धको अभियानमा महिलाहरुले अग्रदस्तामा काम गरेर विश्वभरीनै प्रशंसा कमाएका छन् । चिकित्सक, ल्याब टेक्निसियन र विशेष गरी परिचारिकाका रुपमा महिलाहरुको योगदान निकै सह्रानिय छ ।

    यसरी कोरोना नियन्त्रणको अभियानमा अग्रदस्तामा रहेर उत्कृष्ट काम गरेका विश्वका ५ महिलाई यून वुमेनले विशेष धन्यवाद सहित सम्मान गरेको छ । यसरी उत्कृष्ट काम गर्नेको सूचीमा परेकी छिन् नेपालकी डक्टर रूना झा पनि । रूना झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निदेर्शक हुन् ।

    यस्तो छ युएन वुमेनले तयार पारेको सूची

    रूना झा, नेपाल

    डा. रूना झा

    उनी र उनको टोलीले प्रत्येक दिन झण्डै ७० वटा नमुना परीक्षण गर्छन् । फागुनको सुरुवातमा चीनको उहानमा अध्ययनरत १ सय ७५ विद्यार्थीलाई नेपाल ल्याएर खरीपाटीमा क्वारेन्टाइनमा राखिए यता उनी लगातार परीक्षणहरु गर्नमा सक्रिय रुपमा लागेकी छिन् । झा आफुसँगै आफु अन्तरगत काम गर्ने परीक्षणकर्ताहरुको मनोबल बढाउने काम समेत गरीरहन्छिन् । जबजब कर्मचारीहरु केही निरासा महशुस गर्न थालेको अनुभूति हुन्छ तब झा उनीहरुसँग कुरा गर्छिन् । जसले उनीहरुमा फेरी उत्साह सञ्चार हुन्छ ।

    अहिलेको अवस्थामा उनको काम सबैभन्दा जोखिमपूर्ण छ । त्यसैले उनी परीवारसँग अलग्गै बसेकी छिन् । छोरीलाइए भेटेर अंगालो हाल्न मन लाग्छ, बुवा आमाको सेवा गर्न मनलाग्छ तर के गर्नु उनीहरुकै सुरक्षाको लागि पनि उनीहरुबाट टाढा हुनुपरेको छ, रूना भन्छिन् ।

    दीना समाइलोभा, काजाकिस्तान

    दीन समाइलोभा कोभिड संक्रमणको बेला घरभित्रै क्वारेरन्टाइनमा रहेका महिलाहरुलाई घरेलु हिंसाबाट जोगाउन उत्कृष्ट काम गरीरहेकी छन् । क्यारेन्टाइन सुरु हुनुभन्दा पहिलो उनको संस्था ‘ने मोल्ची’ (रुप लागेर नबसौं) मा यौना हिंसा पीडितहरुको फोन आउने ग¥थ्यो । अहिले प्रत्येक दिन उनको संख्थामा १० देखि १५ यस्ता महिलाको फोन आउँछ जो क्वारेन्टाइनका बेला घरेलु हिंसामा परेका छन् ।

    ‘अहिले क्वारेन्टाइनमा घरमानै बस्नु परेको बेला घरेलु हिंसामा परेका महिलाले आफुलाई निरिह महशुस गरेका हुन्छन् । उनीहरुलाई आफुलाई सहयोग गर्न आउने कोही छैन जस्तो लागेको हुन्छ । यस्तो बेला उनीहरुलाई सहयोग गर्नुपर्ने हुन्छ ’ दीना भन्छिन् ।

    दिनाको संस्थाले क्वारेन्टाइन शुरु भए यता १ सय २० जना महिलालाई कानूनी सहायता दिईसकेको छ । ४७ जनालाई बलात्कारको अभियोगमा सजाय दिलाई सकेको छ । कोभिड १९ का कारण आएको प्रतिकूल परिस्थितिमा पनि महिला हिंसा विरुद्ध कानूनी अभियान दीनाले जारी राखेकी छिन् ।

    र्यान्सी हेनरी, एन्टिगुवा एण्ड बार्बुडा

    एन्टिगुवा एण्ड बार्बुडाकी र्यान्सी हेनरी संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको एक होटलमा हाउसकिपिङ डाइरेक्टरका रुपमा काम गर्छनिन् ।

    कोभिड १९ का कारण अमेरिका लकडाउन भएपछि उनी होटल भित्रै क्वारेन्टाइनमा बस्न बाध्य भईन् । आफ्नाे देश फर्किने चाहना हुँदा हुँदै पनि देश फर्कन सम्भव भएन ।

    तर उनको कोभिड १९ विरुद्धको लडाइमा योगदान पु¥याउने चाहनालाईलाई बन्दी जीवनले रोक्न सकेन । उनलाई उनको देशको निकै चिन्ता छ । पर्यटनमा नै निर्भर रहेको उनको देशको आर्थिक अवस्था अब निकै अप्ठेरोमा पर्ने उनलाई डर छ । उनी त्यसैले पनि आप्mनो देशमा पर्यटन उद्योगमा रहेका आप्mना साथीहरुसँग निरन्तर सम्पर्कमा छिन् । उनी विश्वभरी कोरोना आप्mनो क्षेत्रमा भएका भइरहे उत्कृष्ट कामहरु बारे साथीहरुसँग छलफल गर्छिन् । आफ्ना साथीहरुलाई प्रेरित गर्छिन् । कोरोना विरुद्ध आफ्नाे देशमा जनचेता फैलाउन पनि उनी समाजिक सञ्जालमार्फत त्यतिनै सक्रिय छिन् ।

    अमाल अल महाउर र हादील दबाइबेह, जोर्डन

    अमाल अल महाउर र हादील दबाइबेह जोर्डनमा यूएन वुमेनको फिल्ड असिस्टन्टको रुपमा काम गर्छन् । जोर्डनका महिला र सिरियाली शरणार्थीहरुलाई आपतकालिन जीवन रक्षाको अवस्थामा उनीहरुले सहायता दिँदै आएका छन् । अहिले कोरोना महामारीको बेला उनीहरु आप्mनै घर भित्र सिमित भएका छन् । तर त्यसले उनीहरुको सत्रियता रोकेको छैन ।

    अहिले उनीहरुले आफु बसेकै ठाउँबाट फोन मार्फत सेवा दिँदै आएका छन् । कोरोना महामारीले उनीहरुको जिम्मेवारी झन् थपिएको छ । जोर्डनका महिला र सिरियाली शरणर्थीहरुलाई उनीहरुले कोरोनाविरुद्ध सचेत पनि गराउनु परेको छ ।

    उनीहरु कोरोनाबाट बच्ने उपाय बारे महिलाहरुलाई सजग गराउनुका साथै मानसिक परामर्श समेत प्रदान गरीरहेका छन् । अहिले सम्म उनीहरुले ८ सय भन्दा बढी महिलालाई सहायता दिइसकेका छन् ।

    यान सेङ्गालियान, चीन

    चीनको उत्तर पश्चिमी छिङघाइ प्रान्तको ग्रामिण इलाका स्यारुउयावको नाकाको कोरोना चेकपोष्टमा गर्वसाथ उभिरहेकी भेटिन्छन्, यान सेङ्गालियान । गाउँको नाकाबाट छिर्ने हरकेको शरीको तामपक्र लिने र उनीहरुका सवारी साधानको रेकर्ड राख्ने कामामा यान सिक्रियातका साथ लागेकी छन्

    आफ्नाे क्षेत्रमा कोरोनाका नयाँ केश आउन नदिन उनको भुमिका निकै महत्वपूर्ण छ । तर यो काम उनकोलागि नयाँ काम हो । उनी चिकित्सा क्षेत्रसँग सम्बन्धि होइनन् तर पनि उनी चीनको कोरोना विरुद्धको युद्धमा सहयता पु¥याउन अग्रदस्तामा सामेल हुन आइन् ।

    यान सेङ्गालियान वास्तवमा सुङ्गुर पाल्ने किसान हुन् । अहिले उनी किसानको र कोरोनाविरुद्धको अभियानमा स्वयंसेवा दुवै भूमिका उत्तिकै कुशलाता पूर्वक निभाईरहेकी छिन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस