एकै दिनमा थपिए १६ संक्रमित, कुल संक्रमितकाे संख्या ७५ पुग्याे
काठमाडौँ, २१ वैशाख / बाँकेको नेपालगञ्जमा पुनः छ जनामा कोभिड–१९ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज–८ का तीन महिला र तीन पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार तीमध्ये १६, २१ र ३४ वर्षीय पुरुष तथा ४०, ५५ र ६० वर्षीया रहेका छन् । योसँगै आजै मात्र बाँकेमा नै सङ्क्रमित हुनेको सङ्ख्या १५ पुगेको छ ।
यसअघि आजै नै बाँकेमा नौजनामा सङ्क्रमण देखिएको थियो । योसँगै बाँकेका सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ । आज नेपालमा पहिलोपटक सबभन्दा बढी सङ्क्रमित १६ जना देखिएको हो । यसअघि वैशाख ५ गते एकै दिन उदयपुरमा १२ र चितवनमा दुईजना सङ्क्रमित देखिएका थियो । नेपालमा सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार नेपालगञ्जमा देखिएका सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस