आइतबार अमेरिका पछि एकै दिनमा सबै भन्दा धेरै संक्रमित रुसमा
कोरोना भाइरको संक्रमा पछिल्लो समय सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा देखिएको छ । तर केही समय यता अमेरिकामा संक्रमितहरुको संख्या केही कम भएको छ । उता रुसमा भने संक्रमितहरुको संख्या प्रत्यके दिनको दैनिक तालिकामा उकालो लाग्दै छ ।
आईतबार अमेरिका पछि सबैभन्दा धेरै संक्रमितको संखया रुसमा थपिए । सो दिन अमेरिकामा २७ हजार ३ सय ४८ जना नयाँ संक्रमित थपिए भने रुसमा १० हजार ६ सय ३३ जना थपिए । रुसमा कुल संक्रमितहरुको संख्या १ लाख ३४ हजार ६ सय ८७ पुगेको छ । विश्वभरीका संक्रमितको संख्याका आधारमा रुस सातौं स्थानमा छ ।
तर पछिल्लो समय रुसमा संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको छ । रुसमा अहिले सम्म कोरोना संक्रमणले १ हजार २ सय ८० जनाको ज्यान गइसकेको छ । आइतबारमात्र रुसमा ५८ जनाले ज्यान गुमाए । अन्य अत्यधिक संक्रमण भएका देशहरुको दाँजोमा रुसमा मृत्युदर भने निकै कम देखिएको छ ।
संक्रमणका कारण सबै भन्दा बढीले ज्यान गुमाउने देशरुको सुचीमा अमेरिका पहिलो स्थानमा छ भने रुस २१ औ स्थानमा छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस