आइतबार अमेरिका पछि एकै दिनमा सबै भन्दा धेरै संक्रमित रुसमा

कोरोना भाइरको संक्रमा पछिल्लो समय सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा देखिएको छ । तर केही समय यता अमेरिकामा संक्रमितहरुको संख्या केही कम भएको छ । उता रुसमा भने संक्रमितहरुको संख्या प्रत्यके दिनको दैनिक तालिकामा उकालो लाग्दै छ ।
आईतबार अमेरिका पछि सबैभन्दा धेरै संक्रमितको संखया रुसमा थपिए । सो दिन अमेरिकामा २७ हजार ३ सय ४८ जना नयाँ संक्रमित थपिए भने रुसमा १० हजार ६ सय ३३ जना थपिए । रुसमा कुल संक्रमितहरुको संख्या १ लाख ३४ हजार ६ सय ८७ पुगेको छ । विश्वभरीका संक्रमितको संख्याका आधारमा रुस सातौं स्थानमा छ ।
तर पछिल्लो समय रुसमा संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको छ । रुसमा अहिले सम्म कोरोना संक्रमणले १ हजार २ सय ८० जनाको ज्यान गइसकेको छ । आइतबारमात्र रुसमा ५८ जनाले ज्यान गुमाए । अन्य अत्यधिक संक्रमण भएका देशहरुको दाँजोमा रुसमा मृत्युदर भने निकै कम देखिएको छ ।
संक्रमणका कारण सबै भन्दा बढीले ज्यान गुमाउने देशरुको सुचीमा अमेरिका पहिलो स्थानमा छ भने रुस २१ औ स्थानमा छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस