कोरोना महामारीः गएकाे २४ घण्टामा कहाँ के के भए?हेर्नुहाेस् वैशाख २२

वैशाख २२,सोमबार
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ३५ लाख पुगेको छ । सोमबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ३५ लाख ६६ हजार ६ सय ४७ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या २ लाख ४४ हजार ४ सय ३५ पुगेको छ । विश्वको २१२ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन ८३ हजार ८ सय १४ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ३ हजार ५ सय ५८ जनाको मृत्यु भएको छ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा आइतबार १ हजार ६ सय ४३ जनाको ज्यान गएको छ । सोमबार विहान सम्म अमेरिकामा ११ लाख ८८ हजार २६३ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २८ हजार ५ सय ५८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ६८ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ६८ हजार ५ सय ९८ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार बुधबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
युकेमा
कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा आइतबार ३ सय १५ जनाको मृत्यु भएको बताएको छ । शनिबार एकै दिन ४ हजार ३ सय ३९ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ८६ हजार ५९९ सय पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या २८ हजार ५ सय ४६ पुगेको छ।
ब्राजिलमा
कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा आइतबार २ सय ७५ जनाको ज्यान गएको छ । सोमबार विहान सम्म ब्राजिलमा १ लाख १ हजार १ सय ४७ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप ५ हजार २ सय ६७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या ७ हजार २५ पुगेको छ ।
फ्रान्समा
कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या आइतबार घटेको छ। फ्रान्समा शनिबार थप १ सय ३५ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २४ हजार ७ सय ९५ पुगेको छ । सोमबार विहान सम्म १ लाख ६८ हजार ६ सय ९३ कुल सङ्क्रमित भएका छन्। शनिबार थप १ हजार ५ सय ६७ जनामा यस भाइरसको संक्रमण देखिएको छ ।
स्पेनमा
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा आइतबार थप १ सय ६४ जनाको मृत्यु भएको छ । यस्तै थप ८ सय ३८ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख १७ हजार ४ सय ६६ पुगेको छ । यो संगै आज सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २५ हजार २ सय ६४ पुगेको छ ।
बेल्जियममा
कोरोना भाइरसबाट बेल्जियममा आइतबार एकै दिनमा थप ७७ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ७ हजार ८ सय ४४ पुगेको छ । यस्तै संक्रमितको संख्या ४९ हजार नाघेको छ । आज ३ सय ८९ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ४९ हजार ९ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
इटलीमा
कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा आइतबार थप १ सय ७४ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २८ हजार ८ सय ८४ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख १० हजार ७ सय १७ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप १ हजार ३ सय ८९ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
इरानमा
कोरोना भाइरसबाट इरानमा आइतबार एकै दिनमा थप ४६ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार २ सय ३ पुगेको छ । यस्तै संक्रमितको संख्या ९७ हजार नाघेको छ । आज ९ सय ७६ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म ९७ हजार ४ सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा ५४ जनाको ज्यान गएको छ भने बेल्जियममा ७९ जना, क्यानडामा १ सय १६ जना, नेदरल्याण्डमा ६९ , मेक्सिकोमा १ सय ८१ र भारतमा ६८ जना, इक्वेडरमा १९३ जना, , पेरुमा ८६ जना, रसियामा ५८ जनाको ज्यान गएको छ ।
विश्वको २१२ देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३५ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख ४८ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस