• जीवनशैली | Jiwanshaili
  • इरानमा सोमबार थप ७४ को ज्यान गयो


    बैशाख २२ गते, सोमबार

    कोरोना भाइरसबाट इरानमा सोमबार एकै दिनमा थप ७४ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार २ सय ७७ पुगेको छ । यस्तै संक्रमितको संख्या ९८ हजार नाघेको छ । आज १ हजार २ सय २३ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म ९८ हजार ६ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ३५ लाख मानीसमा भइसकेको छ भने २ लाख ४८ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस