कोरोना महामारीः गएकाे २४ घण्टामा कहाँ के के भए?हेर्नुहाेस् वैशाख २३(तालिका सहित)
वैशाख २३,मंगलबार
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ३६ लाख पुगेको छ । मंगलबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ३६ लाख ४३ हजार २ सय ७१ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या २ लाख ५२ हजार २ सय ४१ पुगेको छ । विश्वको २१२ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन ७९ हजार ५ सय ८२ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ४ हजार ९६ जनाको मृत्यु भएको छ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा सोमबार १ हजार ३ सय २४ जनाको ज्यान गएको छ । मंगलबार विहान सम्म अमेरिकामा १२ लाख १२ हजार ८३५ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २४ हजार ७ सय १३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ६९ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ६९ हजार ९ सय २१ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार मंगलबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
युकेमा
कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा सोमबार २ सय ८८ जनाको मृत्यु भएको बताएको छ । सोमबार एकै दिन ३ हजार ९ सय ८५ जना संक्रमित भएका छन् । यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ९० हजार ५ सय ८४ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या २८ हजार ७ सय ३४ पुगेको छ।
ब्राजिलमा
कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा सोमबार ३ सय १८ जनाको ज्यान गएको छ । मंगलबार विहान सम्म ब्राजिलमा १ लाख ८ हजार २ सय ६६ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप ७ हजार १ सय १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या ७ हजार ३४३ पुगेको छ ।
फ्रान्समा
कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या सोमबार बढेको छ। फ्रान्समा सोमबार थप ३ सय ६ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २५ हजार २ सय १ पुगेको छ । मंगलबार विहान सम्म १ लाख ६९ हजार ४ सय ६४ कुल सङ्क्रमित भएका छन्। सोमबार थप ७ सय ६९ जनामा यस भाइरसको संक्रमण देखिएको छ ।
स्पेनमा
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा आइतबार थप १ सय ६४ जनाको मृत्यु भएको छ । यस्तै थप १ हजार १ सय ७९ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ४८ हजार ३ सय १ पुगेको छ । यो संगै आज सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २५ हजार ४ सय २८ पुगेको छ ।
बेल्जियममा
कोरोना भाइरसबाट बेल्जियममा सोमबार एकै दिनमा थप ८० जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ७ हजार ९ सय २४ पुगेको छ । यस्तै संक्रमितको संख्या ५० हजार नाघेको छ । आज ३ सय ६१ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५० हजार २ सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
इटलीमा
कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा सोमबार थप १ सय ९५ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २९ हजार ७९ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ११ हजार ९ सय ३८ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप १ हजार २ सय २१ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
इरानमा
कोरोना भाइरसबाट इरानमा सोमबार एकै दिनमा थप ७४ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार २ सय ७७ पुगेको छ । संक्रमितको संख्या ९८ हजार नाघेको छ भने १ हजार २ सय २३ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म ९८ हजार ६ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा १२७ जनाको ज्यान गएको छ भने क्यानडामा १ सय ७२ जना, नेदरल्याण्डमा २६ , मेक्सिकोमा ९३ र भारतमा १७५ जना, इक्वेडरमा ५ जना, , पेरुमा५८ जना, रसियामा ७६ जनाको ज्यान गएको छ ।
विश्वको २१२ देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३६ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख ५२ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस