• जीवनशैली | Jiwanshaili
  • स्पेनमा मंगलबार थप १ सय ८५ को मृत्यु, ८ सय ६७ जना नयाँ संक्रमित


    बैशाख २३ गते, मंगलबार

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा मंगलबार थप १ सय ८५ जनाको मृत्यु भएको छ । यस्तै थप ८ सय ६७ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख १९ हजार ३ सय २९ पुगेको छ । यो संगै आज सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २५ हजार ६ सय १३ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ३६ लाख मानीसमा भइसकेको छ भने २ लाख ५२ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस