• जीवनशैली | Jiwanshaili
  • कोरोना महामारीः गएकाे २४ घण्टामा कहाँ के के भए?हेर्नुहाेस् वैशाख २४(तालिका सहित)


    वैशाख २४, बुधबार

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ३७ लाख पुगेको छ । बुधबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ३७ लाख २४ हजार ५ सय १७ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या २ लाख ५८ हजार १७ पुगेको छ । विश्वको २१२ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन ८१ हजार २ सय ४६ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ५ हजार ७ सय ८७ जनाको मृत्यु भएको छ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मंगलबार २ हजार ३ सय ५० जनाको ज्यान गएको छ । आज विहान सम्म अमेरिकामा १२ लाख ३७ हजार ६३३ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २४ हजार ७ सय ८९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ७२ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ७२ हजार २ सय ७१पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार मंगलबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।

    युकेमा

    कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा मंगलबार ६ सय ९३ जनाको मृत्यु भएको बताएको छ । मंगलबार एकै दिन ४ हजार ४ सय ६ जना संक्रमित भएका छन् । यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ९४ हजार ९ सय ९० पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या २९ हजार ४ सय २७ पुगेको छ।

    ब्राजिलमा

    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा मंगलबार ५ सय ७८ जनाको ज्यान गएको छ । आज विहान सम्म ब्राजिलमा १ लाख १४ हजार ७ सय १५ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप ६ हजार ४ सय ४९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय २१ पुगेको छ ।

    फ्रान्समा
    कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या मंगलबार बढेको छ। फ्रान्समा मंगलबार थप ३ सय ३० जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २५ हजार ५ सय ३१ पुगेको छ । आज विहान सम्म १ लाख ७० हजार ५ सय ५१ कुल सङ्क्रमित भएका छन्। मंगलबार थप १ हजार ८९ जनामा यस भाइरसको संक्रमण देखिएको छ ।

    स्पेनमा

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा मंगलबार थप १ सय ८५ जनाको मृत्यु भएको छ । यस्तै थप २ हजार २ सय ६० जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ५० हजार ५ सय ६१ पुगेको छ । यो संगै आज बिहान सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २५ हजार ६ सय १३ पुगेको छ ।

    बेल्जियममा

    कोरोना भाइरसबाट बेल्जियममा मंगलबार एकै दिनमा थप ९२ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ८ हजार १६ पुगेको छ । यस्तै संक्रमितको संख्या ५० हजार नाघेको छ । आज २ सय ४२ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५० हजार ५ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इटलीमा
    कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा मंगलबार थप २ सय ३६ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २९ हजार ३ सय १५ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख १३ हजार १३ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप १ हजार ७५ जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    इरानमा

    कोरोना भाइरसबाट इरानमा मंगलबार एकै दिनमा थप ६३ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार ३ सय ४० पुगेको छ । संक्रमितको संख्या ९९ हजार नाघेको छ भने १ हजार ३ सय २३ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म ९९ हजार ९ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा र इक्वेडरमा ज्यान गएको छैन भने क्यानडामा १ सय ८९ जना, नेदरल्याण्डमा ८६ , मेक्सिकोमा १सय १७ र भारतमा १२७ जना, पेरुमा १०० जना, रसियामा ९५ जनाको ज्यान गएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस