• जीवनशैली | Jiwanshaili
  • इरानमा बुधबार थप ७८ को मृत्यु, संक्रमितको संख्या १ लाख नाघ्यो


    बैशाख २४ गते, बुधबार

    कोरोना भाइरसबाट इरानमा बुधबार एकै दिनमा थप ७८ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार ४ सय १८ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख नाघेको छ । आज १ हजार ६ सय ८० जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख १ हजार ६ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ३७ लाख मानीसमा भइसकेको छ भने २ लाख ५८ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस