स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः बिहीबारको अपडेट यस्तो छ
बैशाख २५, बिहीबार
बिहीबार नेपालमा थप कोरोना भाइरसको विरामी फेला नपरेको स्वास्थ्य मन्त्रालयले बताएको छ । हालसम्म नेपालमा ९९ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा ७१ जना पुरुष र २८ जना महिला रहेका छन् । जस मध्ये २२ जना स्वस्थ बनेर घर फर्किसकेका छन् । ७७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।
यस्तै बिहीबार सम्म डा। देवकोटाका अनुसार हालसम्म १४ हजार ५सय ९ जनाको पीसीआर परीक्षण र ५४ हजार ९३ जनाको आरडीटी परीक्षण गरिसकिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५१ जनाको परीक्षण भएको छ ।
प्रदेश १ मा ६ हजार ५ सय ५९ , प्रदेश २ मा ५ हजार ३ सय ४८, बागमती प्रदेशमा ९ हजार ४४, गण्डकी प्रदेशमा ६ हजार ३ सय ४९, प्रदेश ५ मा ५ हजार ७ सय १३ , कर्णाली प्रदेशमा ६ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ जनाको आरडीटी परीक्षण गरिएको छ । कुल ५४ हजार ९३ जनाको आरडिटी परिक्षण गरिएको बताइएको छ ।
हाल क्वारेन्टाइनमा १७ हजार ३ सय ७२ रहेका छन् भने १३३ जना आइसोलेसनमा रहेका छन् । काठमाण्डौमा ३ जना र बाहिर १३० जना आइसोलेसनमा रहेका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस