• जीवनशैली | Jiwanshaili
  • थप १ को नतिजा पोजेटिभ, संक्रमितहरुको संख्या १०२ पुग्यो


    २६ वैशाख, काठमाडौं । देशभरी कोरोना संक्रमितहरुको संख्या १०२ पुगेको छ । भेरी अस्पताल , नेपालगञ्ज प्रयाेगशालामा परीक्षणका क्रममा थप १ जनाको नतिजा पोजेटिभ देखिएको स्वस्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले अनलाइन पत्रकार सम्मेलनमा जनाए अनुसार संक्रमित हुनेमा १६ बर्षे युवक रहेका छन् ।

    १०२ संक्रमित मध्ये २२ जना निको भएर घर गइसकेका छन् ।

    देशभरीमा ७४ जना पुरुष र २८ जना महिला छन् ।

    संक्रमितहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस