भारतमा कोरोना सङ्क्रमितको संख्या ६० हजार पुग्यो, ३० प्रतिशत निको
नयाँदिल्ली, २८ वैशाख / भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ६० हजार पुगेको छ ।
सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत सङ्क्रमितलाई निको भएको छ ।
शनिबारमात्रै झण्डै तीन हजार ३२० जना कोरोनाभाइरस सङ्क्रमितहरु थपिएको जनाइएको छ । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ५९ हजार ६६२ पुगेको छ ।
सङ्क्रमितको संख्या झण्डै ६० हजार पुगेपनि अहिले विरामी अवस्थामै रहेकाहरुको संख्या भने ३९ हजार ८३४ रहेको छ । त्यसैगरी सङ्क्रमणमुक्त हुनेहरुको संख्या १७ हजार ८४७ रहेको अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा मात्रै भारतमा ९५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेहरुको कुल संख्या एक हजार ९८१ पुगेको छ ।
केन्द्रीय स्वास्थ्यमन्त्री डा हर्ष बर्धनले शनिबारले सङ्क्रमित र मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि कतिपय विकसित देशहरुमा जस्तो अनियन्त्रित र भयावह अवस्था भने नरहेको बताउनुभयो ।
हाम्रोमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको मृत्युदर झण्डै ३।३ प्रतिशत रहेको छ जबकी सङ्क्रमणमुक्त हुने दर भने २९।९ प्रतिशत रहेको छ, उहाँले भन्नुभयो । यस तथ्याँकलाई उहाँले सुखद र सकारात्मक भएको तर भयावह अवस्थाको नभएको दावी गर्नुभयो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस