• जीवनशैली | Jiwanshaili
  • स्पेनमा आइतबार थप १ सय ४३को मृत्यु


    बैशाख २८ गते, आइतबार

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा आइतबार थप १ सय ४३ जनाको मृत्यु भएको छ । यस्तै थप १ हजार ८ सय ८० जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ६४ हजार ६ सय ६३ पुगेको छ । यो संगै आज सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २६ हजार ६ सय २१ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ४१ लाख मानीसमा भइसकेको छ भने २ लाख ८० हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस