• जीवनशैली | Jiwanshaili
  • बेल्जियममा सोमबार थप ५१ को ज्यान गयो


    बैशाख २९ गते, सोमबार

    कोरोना भाइरसबाट बेल्जियममा सोमबार एकै दिनमा थप ५१ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७ पुगेको छ । यस्तै संक्रमितको संख्या ५३ हजार नाघेको छ । आज ३ सय ६८ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५३ हजार ४ सय ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ४१ लाख मानीसमा भइसकेको छ भने २ लाख ८४ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस