कोरोना महामारीः गएकाे २४ घण्टामा कहाँ के के भए?हेर्नुहाेस् वैशाख ३१(तालिका सहित)
वैशाख ३१, बुधबार
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ४२ लाख पुगेको छ । बुधबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ४३ लाख ३७हजार ६ सय २५ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या २ लाख ९२ हजार ४ सय ५१ पुगेको छ । विश्वको २१२ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन ८५ हजार ३ सय ३५ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ५ हजार ३ सय २० जनाको मृत्यु भएको छ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मंगलबार १ हजार ६३० जनाको ज्यान गएको छ । आज विहान सम्म अमेरिकामा १४ लाख ८ हजार ६ सय ३६ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २२ हजार ८ सय २ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ८३ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ८३ हजार ४सय २५ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
युकेमा
कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा मंगलबार ६ सय २७ जनाको मृत्यु भएको बताएको छ । सोमबार एकै दिन ३ हजार ४ सय ३ जना संक्रमित भएका छन् । यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख २६ हजार ४६३ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३२ हजार ६सय ९२ पुगेको छ।
ब्राजिलमा
कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा मंगलबार ७ सय ७९ जनाको ज्यान गएको छ । आज विहान सम्म ब्राजिलमा १ लाख ७७ हजार ६ सय २ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप ८ हजार ४सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १२ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या १२ हजार ४सय ४ पुगेको छ ।
फ्रान्समा
कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या मंगलबार बढेको छ। फ्रान्समा सोमबार थप ४सय ४८जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २६ हजार ९ सय ९१ पुगेको छ । आज विहान सम्म १ लाख ७८ हजार २ सय २५ कुल सङ्क्रमित भएका छन्। हिजो थप ८ सय २ जनामा यस भाइरसको संक्रमण देखिएको छ ।
स्पेनमा
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा मंगलबार थप १सय ७६ जनाको मृत्यु भएको छ । यस्तै थप १ हजार ३सय ७७ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ६९ हजार ५ सय २० पुगेको छ । यो संगै आज बिहान सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २६ हजार ८ सय २० पुगेको छ ।
बेल्जियममा
कोरोना भाइरसबाट बेल्जियममा मंगलबार एकै दिनमा थप ५४ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ८ हजार ७ सय ६१ पुगेको छ । यस्तै संक्रमितको संख्या ५३ हजार नाघेको छ । हिजो ३ सय ३० जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५३ हजार ७ सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
इटलीमा
कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा मंगलबार थप १ सय ७२ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३० हजार ९ सय ११ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख २१ हजार २ सय १६ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप १हजार ४ सय २ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
इरानमा
कोरोना भाइरसबाट इरानमा मंगलबार एकै दिनमा थप ४८ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार ७ सय३३ पुगेको छ । संक्रमितको संख्या १ लाख नाघेको छ भने १ हजार ४ सय ८१ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १लाख १० हजार ७ सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा ७७, इक्वेडरमा १८, क्यानडामा १ सय ८२ जना, नेदरल्याण्डमा ५४, मेक्सिकोमा १ सय ८ र भारतमा १२१ जना, पेरुमा ९६ जना, रसियामा १०७ जनाको ज्यान गएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस