आज थप दुईमा सङ्क्रमण भेटियो, सङ्क्रमित २१९ पुगे
काठमाडौँ, ३१ वैशाख /कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आज दुईजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काभ्रेस्थित धुलिखेल अस्पतालमा परीक्षणका क्रममा बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुषमा सङ्क्रमण भएको पाइएको बताउनुभयो ।
यसैगरी उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका–५ का २२ वर्षीया पुरुषमा सङ्क्रमण देखिएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या २१९ जना पुगेको छ । मङ्गलबारमात्र नेपालमा एकैपटक ८३ जनामा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार दुवै सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ ।


क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस