• जीवनशैली | Jiwanshaili
  • इरानमा बुधबार थप ५०को मृत्यु, संक्रमितको संख्या १ लाख १२ हजार नाघ्यो


    बैशाख ३१ गते, बुधबार

    कोरोना भाइरसबाट इरानमा बुधबार एकै दिनमा थप ५० जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार ७ सय ८३ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख नाघेको छ । आज १ हजार ९ सय ५८ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख १२ हजार ७ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ४३ लाख मानीसमा भइसकेको छ भने २ लाख ९३ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस