कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए?हेर्नुहोस् जेठ १ गते (तालिका सहित)
जेठ १ गते ,बिहीबार।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ४४ लाख पुगेको छ । बिहिबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ४४ लाख २४ हजार ८ सय ३९ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या २ लाख ९७ हजार ७ सय १७ पुगेको छ । विश्वको २१२ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन ८७ हजार ४ सय २ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ५ हजार २ सय ६७ जनाको मृत्यु भएको छ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा बुधबार १ हजार ७ सय ४७ जनाको ज्यान गएको छ । आज बिहिबार विहान सम्म अमेरिकामा १४ लाख २९ हजार ७ सय ७३ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २१ हजार १ सय ३१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ८५ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ८५ हजार १ सय ७२ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
युकेमा
कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा बुधबार ४ सय ९४ जनाको मृत्यु भएको बताएको छ । बुधबार एकै दिन ३ हजार २ सय ४२ जना संक्रमित भएका छन् । यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख २९ हजार ७०५ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३३ हजार १ सय ८६ पुगेको छ।
ब्राजिलमा
कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा बुधबार ७ सय ५४ जनाको ज्यान गएको छ । आज विहान सम्म ब्राजिलमा १ लाख ८९ हजार १ सय ५७ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप ११ हजार ५ सय ५५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १३ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या १३ हजार१ सय ५८ पुगेको छ ।
फ्रान्समा
कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या बुधबढेको छ। फ्रान्समा बुधबार थप ८३ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २७ हजार ७४ पुगेको छ । आज विहान सम्म १ लाख ७८ हजार ६० कुल सङ्क्रमित भएका छन्।
स्पेनमा
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा बुधबार थप १सय ८४ जनाको मृत्यु भएको छ । यस्तै थप १ हजार ५ सय ७५ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ७१ हजार ९५ पुगेको छ । यो संगै आज बिहान सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ४ पुगेको छ ।
बेल्जियममा
कोरोना भाइरसबाट बेल्जियममा बुधबार एकै दिनमा थप ८२ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ८ हजार ८ सय ४३ पुगेको छ । यस्तै संक्रमितको संख्या ५३ हजार नाघेको छ । आज २ सय २० जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५३ हजार ९ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
इटलीमा
कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा बुधबार थप १ सय ९५ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३१ हजार १ सय ६ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख २२ हजार १ सय ४ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप ८ सय ८८ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
इरानमा
कोरोना भाइरसबाट इरानमा बुधबार एकै दिनमा थप ५० जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार ७ सय ८३ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख नाघेको छ । आज १ हजार ९ सय ५८ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख १२ हजार ७ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेपालमा
नेपालमा बुधबार पुनः २६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा संक्रमितको २ सय ४३ पुगेको छ ।
यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा १ सय २३, इक्वेडरमा १८, क्यानडामा १ सय ३३ जना, नेदरल्याण्डमा ५२, मेक्सिकोमा ३ सय ५३ र भारतमा १ सय ३६ जना, पेरुमा १ सय १२ जना, स्विडेनमा १ सय ४७ जना, र रसियामा ९६ जनाको ज्यान गएको छ ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस