भारतमा कोरोना भाइरसःपछिल्लो २४ घण्टाकाे अपडेट यस्ताे
जेठ १ गते,बिहीबार।
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १३६ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २ हजार ५५१ पुगेको छ ।
एकैदिन अरु ३ हजार ७६३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७८ हजार ५५ पुगेको छ । ४९ हजार १०४ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २६ हजार ४०० जना निको भएका छन् ।
कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा खुकुलो बनाउँदै लगिएको छ ।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ४४ लाख पुगेको छ । बिहिबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ४४ लाख २४ हजार ८ सय ३९ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या २ लाख ९७ हजार ७ सय १७ पुगेको छ । विश्वको २१२ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन ८७ हजार ४ सय २ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ५ हजार २ सय ६७ जनाको मृत्यु भएको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस