नेपालमा थप ५ जनामा कोरोना, संक्रमितको संख्या २५० पुग्यो (विज्ञप्ती सहित)
नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार बिहान अध्यावधिक गरेको तथ्यांकले थप ५ जनामा संक्रमण पुष्टि भएको जनाएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणले उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो।
पुष्टि भएका संक्रमितमा सर्लाहीका एक, धनुषा र महोत्तरीमा २ -२ जना रहेका छन्।
संक्रमितहरूमा सर्लाही धान्काैल नगरपालिकाका ४५ वर्षीय पुरूष, धनुषा जनकपुर नगरपालिकाका ४० वर्षीय पुरूष र मिथिला नगरपालिकाका २० बर्षीय महिला रहेकी छिन् ।यसै गरी मन्त्रालयले जनाए अनुशार महाेत्तरी जिल्ला जलेश्वर नगरपालिकाका १६ बर्षीय पुरूष र बलवा नगरपालिका निवासी ३५ वर्षीय पुरूषमा पनि काेराेना भाइरस देखिएकाे बताइएकाे छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार हाल पाँचै जनाको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरु चिकित्सकको सम्पर्कमा रहेका छन्।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस