स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः नेपालका २२ जिल्लामा कोरोना भाइरस, थप तीन जना संक्रमित
बिहिबार, जेठ १, २०७७
विश्व ब्यापी महामारीको रुप लिएको नोवल कोरोना भाइरस नेपालका २२ जिल्लामा देखिएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले हाल सम्म ६ ओटा प्रदेश का २२ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । प्रदेश नंम्बर १ का ३ जिल्ला, प्रदेश नंम्बर २ का ७ जिल्ला, बागमती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशका २ जिल्ला, प्रदेश नंम्बर ५ का ५ जिल्ला र सुदुरपश्चिम प्रदेशका २ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएकाे हाे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नेपालमा थप तीन जनामा काेराना भाइरसकाे संक्रमण देखिएकाे बताएकाे छ ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुष, चन्द्रागिरी काठमाडौंका ३२ वर्षीय पुरुष र कपिलबस्तुकी ६ वर्षीया बालिकामा सङ्क्रमण देखिएको बताएकाे हो । यससँगै संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।
नेपालमा हाल सम्म २२ हजार ६ सय ६४ जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र १ हजार ३ सय ६३ जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने ६२ हजार ३ सय २७ जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए । यो परीक्षण गत चैत १९ देखि सुरु भएको थियो ।
यसैगरी हालसम्म क्वारेन्टाइनमा १५ हजार ६०० जना रहेका छन् भने देशभर क्वारेन्टाइन बेडको संख्या ५३ हजार ८३५ रहेको छ।
यस्तै प्रवक्ता देवकोटाले आइसोलेशनमा रहेका व्यक्तिहरु २७२ जना भएको जानकारी दिए । आइसोलेशनमा रहेकाहरु संक्रमित र सम्भावित संक्रमित रहेको उनको भनाइ छ । हाल काठमाडौंमा ६ जना र बाहिर २६६ जना रहेका आइसोलेसनमा रहेको उनले बताए ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस