अमेरिकामा बिहिबार थप १ हजार ७ सय ३ जनाको मृत्यु,ज्यान गुमाउनेको संख्या ८६ हजार
जेठ २ गते ,शुक्रबार।
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा बिहिबार १ हजार ७ सय ३ जनाको ज्यान गएको छ । आज शुक्रबार विहान सम्म अमेरिकामा १४ लाख ५६ हजार ७ सय ४५ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २६ हजार ३ सय ९८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ८६ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ८६ हजार ९ सय पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ४५ लाख पुगेको छ । बिहिबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ४५ लाख २१ हजार १ सय ७४ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ३ हजार ७० पुगेको छ । विश्वको २१२ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस