स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः३६ जना डिस्चार्ज, ९ जनामा कोरोना, उपत्यकामा आइसोलेसनमा रहनेको संख्या बढ्यो
जेठ २,शुक्रबार,२०७७।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नेपालमा थप ९ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले हाल सम्म ६ ओटा प्रदेश का २५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । शुक्रबार थप एक जना कोरोना संक्रमित निको भएर घर फर्केको बताए । कोशी अञ्चल अस्पतालमा उपचाररत उदयपुरका २५ वर्षीय पुरुष २७ अाैँ दिनमा निको भएर घर फर्केको बताए । यो संगै नेपालमा ३६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
नेपालमा हाल सम्म २३ हजार ९ सय १४ जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र १ हजार २ सय ५० जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने ६३ हजार ८५ जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए ।विगत २४ घण्टा भित्र ६ सय ५८ जनामा आरडीटी जाँच गरिएको छ
यस्तै प्रवक्ता देवकोटाले आइसोलेशनमा रहेका व्यक्तिहरु २६७ जना भएको जानकारी दिए । आइसोलेशनमा रहेकाहरु संक्रमित र सम्भावित संक्रमित रहेको उनको भनाइ छ । हाल काठमाडौंमा २७ जना र बाहिर २४० जना रहेका आइसोलेसनमा रहेको उनले बताए । हिजो जम्मा ६ जना आइसोलेसनमा रहेको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस