• जीवनशैली | Jiwanshaili
  • इरानमा शुक्रबार २ हजार नयाँ सङ्क्रमण


    जेठ २ गते, शुक्रबार

    कोरोना भाइरसबाट इरानमा शुक्रबार एकै दिनमा थप ४८ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार ९ सय २ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख १६ हजार नाघेको छ । आज २ हजार १ सय २ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख १६ हजार ६ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ४५ लाख मानीसमा भइसकेको छ भने ३ लाख ३ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस